करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण मंगलबार, २०७८ | १४:३६:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाइ पक्राउ गरेकाे छ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका हुन् ।
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभास्थित मकालु गाउँपालिका–१ बस्ने ४० वर्षीय मिङ्तेम्बा शेर्पालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता श्यामकुमार महतोले जानकारी दिएका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले शेर्पालाई सोमबार काठमाडौंको इचुङ्गुनारायण ठूलो भर्याङ्गबाट पक्राउ परिएको प्रवक्ता महतोले बताए । पक्राउ परेका शेर्पालाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको समेत उनले बताए ।
जबरजस्ती करणी मुद्दामा पक्राउ परेका शेर्पालाई संखुवासभा जिल्ला अदालतले २०६१ चैत १० गते पाँच वर्ष कैद फैसला भएको थियो । साथै पीडित महिलाले प्रतिवादीको अंश भागबाट आधा पाउने फैसला समेत अदालतले गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस