अर्थतन्त्र

आकासियाे सुनचाँदीकाे मूल्य, कति छ बजार भाउ ?

काठमाडाैं । नेपाली बजारमा एकै दिन सुनको मूल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैंयाले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले वृद्धि हुँदै मंगलबार एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत