राजनीति

सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ। 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको हो । 

आइतबार प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि विकसित घटनाक्रम,एमसीसी, संसद सुचारु गर्ने विषय र स्थानीय तहको निर्वाचनबारे तीन नेताबीच छलफल भइरहेको जनाइएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत