मंगलबार कांग्रेसकाे संसदीय दलको बैठक बस्ने
- गाउँ सहर संवाददाता
- २ फाल्गुण सोमबार, २०७८ | १४:४१:०० मा प्रकाशित
काठमाडाैं । कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन् ।
पदीय आचरण र व्यवार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेकोलगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ताका लागि आफ्ना पार्टीका सांसदरूको हस्ताक्षर गर्न लगाएको थियो ।
प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने विषयमा सांसदहरूलाई नै जानकारी नगराएको भन्दै असन्तुष्टि देखिएको छ ।
हिजाे बसेको पदाधिकारी बैठकमा पनि नेताहरूले यसबारे पार्टीमा पहिले छलफल नभएको बताएका थिए । मंगलबार बस्ने दलको बैठकमा प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल हुने कांग्रेसले जनाएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस