गाउँ सहर

लागूऔषध सहित आठ जना प्रहरी नियन्त्रणमा

काठमाडाैं । प्रहरीले अवैध लागूऔषध सहित आठ जनालाइ पक्राउ गरेकाे छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका १ ओख्ले बस्ने ४२ वर्षीय कालु बहादुर ब्लोन र १९ वर्षीय कृष्ण बहादुर ब्लोन, मरिण गाउँपालिका ७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोले रहेका छन् ।

त्यसैगरी, पोखरा महानगरपालिका १७ राममन्दिर चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय २० ट्याब्लेट र १ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रश्न भण्डारी समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिएकाे छ ।

सिन्धुली, कमलामाई नगरपालिका ४ बाट करिब ३६ केजी ८ सय ७० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।

सोही कार्यालयबाट खटिएको प्रहरीले मरिण गाउँपालिका-७ देउजोर बस्ने ३२ वर्षीय बहादुर गोलेलाई समेत करिब ३२ किलो अवैध लागूऔषध गाँजा सहित गएराति पक्राउ जानकारी दिएकाे छ । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत