राजनीति

कमल थापाकाे आराेप : प्रधानन्यायाधीशविरुद्ध महाभियोगमा तीन दलकाे स्वार्थ छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने प्रस्ताव दर्ता हुनु राजनीतिक स्वार्थले प्रेरित भएकाे आराेप लगाएका छन् । 

आइतबार मात्रै नवगठित राप्रपा नेपालका अध्यक्ष थापाले कांग्रेस, माओवादी र नेकपा एसले आफूहरुको स्वार्थका लागि प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउने प्रयास गर्नु राजनीतिभित्रको चरम विकृति भएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्– एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा (एस)को सासंद पद जोगाउने प्रपंचमा प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी र वर्तमान राजनीति भित्र रहेको चरम विकृतिको नमूना हो।

एमसीसी पास गर्ने कांग्रेसको स्वार्थ, हत्या अभियोगबाट सभामुखलाई जोगाउने माओवादी स्वार्थ र सांसद पद जोगाउने नेकपा एसको स्वार्थका लागि प्रधानन्यायाधीमाथि महाअभियोग प्रस्ताव ल्याइएको थापाको बुझाइ छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत