खेल

चारदेशीय टी-२० सिरिजमा नेपाल आज आयरल्याण्डसँग खेल्दै

काठमाडौं । चारदेशीय टी-२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे खेल सुरु हुनेछ ।

ओमानमै १८ फेब्रुअरीदेखि सुरु हुने आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप सिरिज आयोजना भएको हो ।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई हराएको थियो । तर दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

आयरल्याण्डले पनि पहिलो खेलमा ओमानलाई हराएको थियो भने दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

नेपालले आयरल्याण्डसँग यसअघि दुई टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । दुवै खेलमा नेपाल पराजित भएको छ ।

सन् २०१५ मा आयरल्याण्डमै भएको टी-२० विश्वकप छनोटमा नेपाल आयरल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । यस्तै २०१९ मा ओमानमै भएको पेन्टागुलर टी-२० सिरिजमा आयरल्याण्डले नेपाललाई १३ रनले हराएको थियो ।

नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत