राजनीति

सभामुख सापकोटाले बाेलाएकाे सर्वदलीय बैठक आज बस्दै

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बाेलाएका छन् ।

सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

दिउँसो २ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, संसद् र पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ ।  

सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । 

सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ । एमाले सहभागी हुने/नहुने निश्चित भइसकेको छैन । महाभियोगपछि जबरा निलम्बित भइसकेका छन् ।

प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ। सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो महाअभियोगको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ छन् ।

यस्तै, समर्थकमा नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालसहित ९५ सांसद छन् । 

गाउँ सहर संवाददाता

तपाईँको मत