गाउँ सहर

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । झण्डै पाँच किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उक्त सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

विमानस्थल भन्सार कार्यालयको चेकजाँचलाई छली अगाडि बढेको अवस्थामा शंका लागेपछि नेपाल प्रहरीको सहयोगमा चेकजाँच गर्दा अर्धठोस (पेष्ट) स्वरूपमा पाँच किलो सुनसहित  चिनियाँ नागरिक झाङ लि प्रकाउ परेको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जानकारी दिएकाे छ । 

उनलाई करिब चार केजी ८४० ग्राम सुन अवैध रूपमा नेपाल भित्र्याउदै गरेको अवस्थामा प्रकाउ गरिएको कार्यालयले जनाएकाे छ ।

कार्यालयका अनुसार ‘सुनलाई पेष्ट बनाएर त्यसमा केमिकलको प्रयोग गरी शरीरमा लुकाएर ल्याइएको अवस्थामा शंका लागेपछि उनलाई नियन्त्रणमा लिइएको हो।’

लि शनिबार बिहान ९ः३० बजे हिमालयन एयरलाइन्सको उडान नं एच ९५६६ मार्फत दुबईबाट काठमाडौँ आएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत