राजनीति

अब कायम मुकायम प्रधानन्यायाधीश दीपक कार्की

काठमाडाैं । प्रधानन्यायाधीश जबरामाथि महाअभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका छन् । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश  भएका छन् ।

जबरामाथि महाअभियोग दर्ता भएपछि अवसर पाएका कार्कीले अब संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषद्को पनि कामु अध्यक्ष भएर काम गर्न पाउने भएका छन् । कार्की ६५ वर्षे उमेर हदका कारण असोजमा स्वतः अवकाश हुनेछन् ।

जबराले संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउनेछैनन् । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ सांसदले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

कांग्रेसकी सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सचेतक देव गुरुङ र एकिकृत समाजवादी प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रस्तावकको रुपमा हस्ताक्षर गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत