राजनीति

प्रतिनिधिसभा बैठक पुन : स्थगित

काठमाडाैं । सोमबार बस्ने प्रतिनिधिसभाको बैठक पुन स्थगित भएकाे छ । बैठक दुई दिनपछि सारिएको छ । योसँगै आगामी बैठक ४ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा आज बिहान महाअभियोगको प्रस्ताव दर्ता भएसँगै प्रतिनिधिसभा बैठक सारिएको हो ।

यसअघि संसद बैठक भोलि दिउँसो १ बजे बस्ने तय गरिएको थियो । संघीय संसदको महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै बैठक सारिएको जानकारी दिएको हो ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत