अर्थतन्त्र

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । आज सुन र चाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।  यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार शुक्रबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्य आज ९५ हजार पाँच सय रुपैयाँ पुगेको छ । यसैगरी तेजावी सुनको मूल्य ९५ हजार रुपैयाँ पुगेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढ्दै तोलामा १३ सय रुपैयाँ पुगेको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत