राजनीति

सरकार गिराउन र चुनाव बिथोल्नका लागि प्रपन्च भइरहेकाे छ- प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार गिराउनका र चुनाव बिथोल्नका निम्ती प्रपन्च भइरहेकाे बताएका छन् ।

जनयुद्ध दिवसमा अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने चलखेल भएको बताए ।

प्रतिक्रान्तिकारी शक्ति चुप नलागेको र त्यसलाई मलजल गर्ने देशभित्र र बाहिरका शक्तिहरू सक्रिय रहेको बताउँदै प्रचण्डले भने, ‘यो गठबन्धनलाई टुटाउनको लागि, सरकार गिराउनका निम्ती र चुनाव बिथोल्नका निम्ती प्रपन्च भइरहेका छन् ।’

एमसीसी पास गर्ने/नगर्ने आधारमा गठबन्धन नबनाइएको बताएका छन् । दाहालले संविधान, लोकतन्त्र र राष्टियताको रक्षानिम्ति गठबन्धन गरिएको बताए ।

जुन मूल्य र मान्यतामा टेकेर गठबन्धन बनाइएको थियो त्यसमा सबै अडिग रहनुपर्ने उनले बताए । ‘कुनै एउटा खास परियोजना गर्ने या नगर्ने भन्ने आधारमा गठबन्धन गरिएको होइन,’ उनले भने, ‘यदि आज कसैले कुनै एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने हाम्रो ऐतिहासिक धरातल भत्काउनेजस्तै हुन्छ । हामीले जुन मुल्य र मान्यतामा टेकेर बनाएर हौँ त्यसैमा अडिग रहौँ । 

गाउँ सहर संवाददाता

तपाईँको मत