गाउँ सहर

मधेश प्रदेशमा आज सार्वजनिक विदा

 

मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको घोषणा गरेका छन् । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक मनाउन २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदाको दिएको हो ।

यस अवसरमा मधेश भवन परिसरमा जनयुद्ध दिवसको अवसरमा एक कार्यक्रम समेत आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । यश अवसरमा मधेश सरकारले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

आइतबार दिउँसो १ बजे देखि ५ बजेसम्म हुने औपचारिक कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालबाटसमेत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मन्त्री साहले बताए । कोरोना संक्रमणको बेला भिडभाड नहोस् भन्दै यसलाई  मध्यनजर गरि टिभी र रेडियोबाट प्रत्यक्ष प्रसारण गरिएको बताए । घरमै बसेर सुन्न र देख्न सक्ने हुनाले सर्वसाधारणको लागि व्यवस्था गरिएको उनले स्पष्ट पारे ।

गाउँ सहर संवाददाता

तपाईँको मत