तीन नेताबीच एमसीसीबारे छलफल, बैठक निष्कर्षविहीन
- गाउँ सहर संवाददाता
- २९ माघ शनिबार, २०७८ | १६:१०:०० मा प्रकाशित
काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष तीन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफलमा बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ ।
अमेरिकी सहयोग परियोजना एमसिसीको विवाद पेचिलो बनिरहेको बेलामा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल बिना निष्कर्ष सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।
स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को आउने बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव प्रचण्ड र नेपालसमक्ष थिए । तर, उक्त प्रस्ताव प्रचण्ड र नेपालले अस्वीकार गरेका छन् ।
एमसिसीलाई लिएर सत्ता गठबन्धनमा चर्को मतभेद छ। अमेरिकाले फेब्रुअरी २८ अर्थात् फागुन १६ भित्र एमसिसी अनुमोदन गर्न अमेरिकाले चर्को दबाब दिइरहेको छ ।
बिहीबार मात्रै अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन नगरे नीतिमा पुनर्विचार गर्ने चेतावनी दिएको थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस