अर्थतन्त्र

नेपाल टेलिकमकाे द्वितीय त्रैमासिकको वित्तीय विवरण, कुल सञ्चालन आय रु. १९ अर्ब २० करोड माथि

काठमाडाैँ । नेपाल टेलिकमले चालु आ.व. कम्पनीकाे सञ्चालन खर्च रु. १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेकाे बताएकाे छ । उसका अनुसार यस अघिकाे यहि अवधिकाे भन्दा रु. १ अर्ब ४८ करोड २३ लाख ३ हजार (अर्थात, ८.३६ प्रतिशत) ले वृद्धि भएकाे जनाएकाे छ ।

नेपाल टेलिकमको आर्थिक वर्ष २०७८/७९ को द्वितीय त्रैमासिकको वित्तीय विवरणको सारांशः 

  1. गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु. १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा  रु. १ अर्ब ४८ करोड २३ लाख ३ हजार (अर्थात, ८.३६ प्रतिशत) ले वृद्धि भई रु. १९ अर्ब २० करोड ७२ लाख १६ हजार रहेको । 
  2. गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको कुल आय रु. २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ पुस मसान्त) सम्ममा कुल आय रु.  १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार (अर्थात, ६.८७ प्रतिशत) ले वृद्धि भई रु. २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रहेको ।
  3. गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा मात्र कम्पनीको कुल सञ्चालन आय रु. ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ पुस मसान्त) को मात्र कुल सञ्चालन आय रु.  ३४ करोड २३ लाख ४९ हजार (अर्थात, ३.७७ प्रतिशत) ले वृद्धि भई रु. ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रहेको ।
  4. गत आ. व. कोे द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको खुद मुनाफा रु ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आ. व. को सोही अवधि (२०७८ पुस मसान्त) मा रु. ६० करोड ८४ लाख ८१ हजार (अर्थात, १८.४९ प्रतिशत) ले वृद्धि भई रु. ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रहेको ।
  5. गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) मा  EBITDA  रु. ८ अर्ब ६१ करोड ३ लाख १७ हजार रहेकोमा चालु आ. व. को सोही अवधिमा रु. ७७ करोड ५८ लाख ७३ हजार  (अर्थात ९.०१ प्रतिशत)ले वृद्धि भई EBITDA रु. ९ अर्ब ३८ करोड ६१ लाख ९० हजार रहेको । 
  6. गत आ. व. को द्वितीय त्रैमासिक अवधिको तुलनामा चालु आ. व.को द्वितीय त्रैमासिकमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेकोः– 
  • 4G आयोजनाको कार्यान्वयनसँगै यसको पहुँज विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको । यसैगरी 2G/3G सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत 2G/3G/4G सेवाको पहुँच विस्तार गरिएको कारणले ग्राहक आधार वृद्धि हुन गएको । कम्पनीको FTTH सेवा प्रति ग्राहकको आकर्षणमा वृद्धि भई FTTH मार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा IPTV सेवाका ग्राहकहरु वृद्धि हुन गई Fixed Network बाट हुने आयमा समेत सकारात्मक प्रभाव परेका ।
  • मुलुक तथा विश्वव्यापी रुपमा काेभिड १९ विरुद्धको खोप कार्यक्रम पश्चात काेभिड १९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आ. व.को शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको ।
  • काेभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलब्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले गर्दा सेवाको उपयोगमा वृद्धि भएको ।
  • काेभिड १९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभई सकेको वास्तविकता तथा OTT को बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन क्लास, नेटवर्किंग, इन्टरनेट बेस्ड इन्टरटेन्मेन्ट, आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डाटा सेवा, एसएमएस सेवा र भिएएस सेवामा गत आ. व. को द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) को तुलनामा चालु आ. व. को सोही अवधिमा सुधार आएको ।

गाउँ सहर संवाददाता

तपाईँको मत