गाउँ सहर

शनिदेवले कसैलाई पनि विनाकारण दण्ड दिँदैनन्

हाम्रो जीवनलाई निरन्तर ब्रह्माण्डीय पिण्डले प्रभाव परि रहेको हुन्छ । हाम्रो जीवन त्यसै अनुरुप संचालित भैरहेको हुन्छ । त्यसै सन्दर्भमा नौ ग्रहको कुरा गरौँ जो मनुष्य जीवनलाई सबैभन्दा बढी प्रभाव पर्ने पिण्डको रुपमा हामी स्वीकार्न सक्छौं । किनकि ग्रह पनि ब्रह्माण्डको त्यो पिण्ड हो जसले शृष्टिमा रहेको हरेक वस्तुलाई सबैभन्दा बढी प्रभावित गरि रहेको हुन्छ र आज यसै नौं ग्रह पिण्डमध्ये संक्षेपमा त्यस पिण्ड ग्रह जसलाई ज्योतिष विज्ञानले सबैभन्दा ठूलो सबैभन्दा शक्तिशाली ग्रहको रुपमा वर्णन गरेको छ । जसको नाम र स्मरणले नै मनुष्यलाई त्रास प्रदान गर्छ त्यो हो-शनिदेव 

शनि देव

अब शनि देवको कुरा गरौँ शनि देवले तपाईँलाई विचार शक्ति, चिन्तन शक्ति प्रदान गर्छ । जसद्वारा तपाईँ बाधाको बारेमा नयाँ तरिकाले विचार गरि त्यसको समाधान पाउन सक्नुहोस् । ”काल रुपेन संसार भक्षयाँतन महाग्रहण मृत्यु जयम महाकालम नमस्यामी शनैश्चारम” शनिको दशामा हामी चिन्तित तथा चिन्ता ग्रस्त हुन्छौँ किनभने हाम्रो सोच सुरुदेखि शनि भनेको खराब हो अब यो दशामा हाम्रो सबै नराम्रो हुन्छ भन्ने सोचले गर्दा यस्तो अवस्था आउछ ।

तर वास्तवमा त्यो बिल्कुल गलत सोच हो । किनकि शनिदेव न्याधिश हो किनकि नौ ग्रहमा शनिदेवलाई न्याधिशको रुप मानिएको छ । शनि देवले निष्पक्ष रुपले हामीले गरेको कर्मको मुल्यांकन गरि त्यसैको आधारमा दण्ड प्रदान गर्नु हुन्छ । असललाई असल र गलतलाई गलत दण्ड प्रदान गर्नु हुन्छ । शनि वास्तवमा चिन्तनको ग्रह हो । चिन्तन तपाईँ कस्ताे दिशा हिँड्न चाहनु हुन्छ । त्यो तपाईँमाथि निर्भर छ । चिन्तनको दिशा सकारात्मक पनि हुनसक्छ तथा नकारात्मक पनि चिन्तन नीतिको पनि हुन सक्छ । चिन्तन कार्य प्रणालीको पनि हुन सक्छ तथा चिन्तन व्यक्तित्वको पनि हुन सक्छ । जो व्यक्तिले आफ्नो चिन्तनलाई सहि दिशा प्रदान गर्न सफल हुन्छ त्यो व्यक्तिले शनिको दशामा स्वयमलाई अधिक सफल रुपमा स्थापित गर्न सक्छ । ठिक यसको बिपरित जो व्यक्तिले शनिको दशामा नकारात्मकता, भय, असुरक्षाको अनुभव गर्छन् त्यस्तो विचार राख्ने व्यक्तिलाई झन् उल्झन,निराशा प्राप्त हुन्छ ।

शनि र राशी

शनि देवले लगभग २९ वर्ष ४ महिनामा १२ राशिको भ्रमण पूर्ण गर्छन् । यस अनुसार शनि एक राशिमा साढे दुई वर्ष रहन्छन् । शनिको छल बकरी हुनाले एक राशिलाई साढे सात वर्ष प्रभावित पर्दछन् र यसैलाई शनिको साढेसाती दशा भनिन्छ । शनि जुन राशिको भ्रमण गर्छन् त्यस राशी भन्दा अगाडीको राशी र त्यस भन्दा पछाडिको राशीलाई शनिको साढे साती दशा रहन्छ । अर्थात् एकै पटकमा शनिको तिन राशिमा साढे सातिको प्रभाव रहने गर्छ । शनिको साढेसाती कालमा यदि व्यक्तिको आचरण सहि छ भने शनिले त्यस व्यक्तिलाई सुख, धन, यश प्रदान गर्दछन् । एक भनाइ छ ‘शनिले दशा छोड्दा जति लिएका थिए त्यो भन्दा अधिक दिएर जान्छन् ।’ शनिले ठूला ठूला अहंकारिको अहंकार तोड्दछन् । शनिको दशाकोअवधिमा व्यक्तिको अहंकार पूर्ण रुपले समाप्त हुन्छ । लोभ, लालच, झुठो बोल्ने, जुवा सट्टाको कार्य निच कर्म पाप कर्म गर्नेलाई शनि कठोर सजाय दिन्छन् र त्यस प्रकारका व्यक्तिलाई शनिले सहि मार्गमा ल्याई छाड्छन् ।

शनि र उपाय
ध्यान : शनि विग्रह स्थापित गरि
निलाद्रिशोमांचीत दिष्य मुर्ति;
खड्गी त्रिदण्डी शारचाप हस्त:
ज्रयात्य शेषा सुरनाशकारी
मेरु पृष्ठे समसिना सामरस्ये स्थितशिवम
प्रणम्य शिरसा गौरी पृच्छ्ती स्म जगद्वीतम
ध्यान गरि कालो हकिक मालाले नित्य एक माला ओम प्रा.प्रि.प्रौ. शस्शनैश्चारय नमस् जप गर्ने । गरिबलाई भोजन दिने, कालो गाईको सेवा गर्ने, पिपलको पुजा गर्ने, जल चढाउने, सबै कुकर्म, निचकर्म, पापको त्याग गर्ने ।
जय शनि देव

शनिको वक्रदृष्टि अर्थात् साढे साती वा शनि अढैया दशा लागेर धेरैले धेरै नै दुःख भोग्नुपरेको प्रसंग सुन्न र पढ्न पाइन्छ । साढेसाती शनि दशा कसलाई मात्र लागेको छैन र ? मर्यादा पुरुषोत्तम श्रीराम, महापण्डित रावण, पाण्डव र द्रौपदी त्यस्तै महाप्रतापी राजा विक्रमादित्य, दानशीलतामा प्रख्यात राजा हरिशचन्द्र, राजा नल र रानी दमयन्ती सबैलाई साढे साती शनि दशा लागेको थियो । शनिको प्रकोपबाट भगवान्का अवतारहरू त बच्न सकेका छैनन् भने साधारण मानिसहरू शनिको प्रकोपबाट बच्न सक्लान् ? त्यसैले शनिको नाम लिँदा मात्र पनि मानिसहरूको मनमा एक किसिमको डर–त्रास उत्पन्न हुने गर्छ ।  

शनिको दशा लाग्दा मानिसहरूले अत्यन्तै दुःख भोग्नुपर्ने हुन्छ । शनिको वक्रदृष्टि नलागोस् भनी मानिसहरूले चिन्ता लिइरहेका हुन्छन् । हुन त सबै नवग्रहको आ–आफ्नै विशेषता छन् । शुभ–अशुभ प्रभाव छन् तर यी सबैमध्ये शनि ग्रह यस्ता ग्रह हुन् जसका श्रीमतीहरूको नाममा पाठ जप गरेमा शनि प्रशन्न हुन्छ । त्यसैले शनिका श्रीमतीहरूको नाम यस प्रकार उल्लेख गरिएको पाइन्छ :

ध्वजिनी , धामिनी चैब कंकाटी कलह प्रिया ।

कलही, कंटकी चैब ज्वालामुखी सुलोचना ।।

शनि पत्याश्च बामनि प्रत सत्यम् यः पठेत ।

तपस्या शनैश्चरी पीडा न भविस्यंति ।।

यसरी शनिका पत्नीहरूको नाम लिँदै प्रार्थना गरी पाठ गर्नाले शनिले पीडा नदिने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । यो कुरा यथार्थमा सत्य पनि हो । यदि लक्ष्मी प्रशन्न भइन् भने भगवान विष्णु पनि प्रशन्न भई दिनुहुन्छ । त्यस्तै पार्वतीको पूजा गरी प्रशन्न पार्न सके महादेव प्रशन्न भई सम्पूर्ण दुःखबाट मुक्त पारी दिनुहुन्छ ।  

भक्तहरूलाई अभयदान दिने, बिघ्न नाश गर्ने शनिदेवसँग परिचित भए पनि मानिसहरू शनिदेखि डराइरहन्छन् । मानिसहरूले शनिदेव घातक हुन भनी सम्झिरहन्छन् । वास्तवमा यो कुरा उचित छैन । किनभने शनिदेवलाई ज्योतिष दृष्टिकोणले न्याय गर्ने देवताको रूपमा लिइएको छ । अर्थात् न्यायाधीश । न्यायाधीशले न्याय मात्र गर्छ । पक्षपात गर्दैन ।

कसैलाई पनि विनाकारण दण्ड दिँदैनन् । शनिले त कुन मानिसको कस्तो कर्म छ त्यस्तै फल प्रदान गरिरहन्छन् । असल कर्म गर्नेहरूलाई ऐश्वर्य, धनधान्य, समृद्धि, यश–कीर्ति प्रदान गरिरहन्छन् भने नराम्रो खराब कर्म गर्नेहरूलाई दुःख, अभाव, दरिद्रता जस्ता कष्ट दिइरहन्छन् । त्यसैले हामीले मन, वचन र कर्मले असल व्यवहार गर्नुपर्छ । जस्तोसुकै गाह्रो–साह्रो, ऊँचनीच र उकालो–ओरालो हाम्रो जीवनमा आए पनि धैर्य राखी आफ्नो कर्तव्य पथमा लागिरहनुपर्छ । (एजेन्सीकाे सहयाेगमा)

गाउँ सहर डेस्क

तपाईँको मत