वातावरण

यस्ताे छ शनिवारकाे माैसमी पूर्वानुमान

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक र तराईका थोरै स्थानमा हुसु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार बागमती र प्रदेश नं १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएके छ ।

बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । राति पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद्हरुले बताएका छन् ।

उनीहरुका अनुसार आइतबार र सोमबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

विभागले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन उसले आग्रहसमेत  गरेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत