खेल

पोखरामा सुरु भयो प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता

पोखरा । पोखरामा शुक्रबारबाट “प्रथम गण्डकी प्रदेश पारा खेलकुद प्रतियोगिता २०७८” सुरु भएको छ ।

दुई दिन सम्म चल्ने उक्त प्रतियोगिताको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले उद्घाटन गरेका छन् । प्रतियोगिता अन्तर्गत पहिलो दिन भएको पुरुषतर्फको दृष्टिविहिन टि–२० क्रिकेट प्रतियोगितामा गण्डकी रेड १६ रनले विजयी भएको छ ।

कास्की ब्लु विरुद्ध टस जितेर व्याटिङ रोजेको गण्डकी रेडले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । गण्डकी रेडका (वि–टु) सूर्य भट्टराईले नट आउट रहँदै ३७ रन बनाए भने (वि–वान) प्रमोद दाहालले ३७ र (वि–वान) का राम गुरुङले २० रनको योगदान दिएको अफिसियल रिजन प्रजुले जानकारी दिए प्रतियोगिता अन्तर्गत पारा खेलकुदका विभिन्न सात खेलहरु सञ्चालन हुने प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रतियोगिताका संयोजक अमृत बरालले जनाएका छन् । जस अन्तर्गत बोसिया, बहिरा व्याडन्टिन महिला तथा पुरुष, वौद्धिक अपाङगताका लागि दौड प्रतियोगिता, अप्टिजम अपाङ्गताका लागि दौड, मनोसामाजिक अपाङ्गताका लागि म्यूजिक चियर, र शारिरिक अपाङ्गता भएका व्यक्तिहरुका लागि ह्विल चियर वास्केटबल हुनेछन् ।

सबै खेलहरु शनिवार पोखरा रंगशालामा सञ्चालन हुने संयोजक बरालले जानकारी दिए । प्रतियोगितामा कुल १ सय ३२ खेलाडीले सहभागिता जनाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत