समाज

अखिल नेपाल किसान महासंघले गर्याे एमसीसी विषयकाे धम्कीकाे विराेध

काठमाडाैँ । अखिल नेपाल किसान महासंघले मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजनाको विषयलाई लिएर अमेरिकी सहायक विदेशमन्त्रीद्वारा नेपालका शीर्ष नेताहरुसङ्ग फोनवार्ताका क्रममा प्रयोग गरिएको धम्कीपूर्ण भाषा, दबाब र हस्तक्षेप अन्तर्राष्ट्रिय प्रचलित कानुन, परराष्ट्रनीति तथा कुटनीतिक मान्यता विपरीत भएको ठहर गरेकाे छ ।

शुक्रबार प्रेस विज्ञप्ति उसले साे ठहर गरेकाे हाे ।

जारी प्रेस विज्ञप्तिमा यस्तो नाङगो हस्तक्षेप, दबाब र धम्कीले साम्राज्यवादी नीति र दादागिरीको पर्दाफास गरेको तथा यो सम्झौता नेपाल र नेपालीको हितका लागि नभई अमेरिकीहरुकै स्वार्थका लागि भएको स्पष्ट पारेको छ साथै देश र जनताको हित विपरीत विदेशीको दलालीकै निम्ति राष्ट्रघाती सम्झौता संसदमा पेश गर्न र पारित गर्न आतुरहरुको दासताको मनोवृति पनि आम जनताले चिन्ने मौका मिलेको बताइएकाे छ ।

पूर्ण विज्ञप्तिः

गाउँ सहर संवाददाता

तपाईँको मत