स्वास्थ्य

काेराेना अपडेट : थप ११२८ जनामा संक्रमण पुष्टि, २२१५ जनाले गरे स्वास्थ्य लाभ

काठमाडाैं ।  देशमा पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै २२१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ जना रहेको मन्त्रालयले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत