स्वास्थ्य

स्वास्थ्यमन्त्री विरोध खतिवडाकाे दावी : २४ लाख डोज खोप हराएको छैन (कार्य प्रगतिसहित)

काठमाडाैं । स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबार आफ्नो १०० दिने कार्यप्रगति सार्वजनिक गरेका छन् । खतिवडा गत असोज २२ गते स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरेका छन् । उनले उक्त खोपको तथ्यांक आउन मात्रै बाँकी रहेको बताएका छन् । 

मन्त्री खतिवडाले आज पत्रकार सम्मेलनमार्फत् आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको जिकिर गरे । २४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरणअनुसारको प्रतिवेदन बुझाउने उनको विश्वास छ । 

बुस्टर डोजको रुपमा लक्षित समूह बाहिरकाले खोप लगाएको र त्यसको विवरण नराखिएकोबारे पत्रकारहरुको प्रश्नमा मन्त्री खतिवडाले भने, “खोप पर्याप्त उपलब्ध भएका कारण केही समूहले बुस्टरको रुपमा पनि बढी खोप लिएको हुनसक्छ ।” 

 

गाउँ सहर संवाददाता

तपाईँको मत