गाउँ सहर

तुलसीपुरको जुत्ता गोदाममा आगलागी हुँदा पाँच जनाको मृत्यु

काठमाडाैं । दाङकाे तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल गाेदाममा आगलागीमा हुँदा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ ।

राति दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उद्धार गर्न कठिन भएको थियो । उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनीहरुको विस्तृत विवरण थाहा हुन नसकेको उनले बताए ।

तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेका थिए । अहिले आगो निभाइ सकिएकाे छ ।  विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अर्यालले बताए ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत