पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि पनि खुला
- गाउँ सहर संवाददाता
- २८ माघ शुक्रबार, २०७८ | ०७:४४:०० मा प्रकाशित
काठमाडौं । आज (शुक्रबार)बाट पशुपतिनाथको मन्दिर भक्तजनहरूका लागि पनि खुला गरिएकाे छ । पशुपति क्षेत्र विकास कोषले आजबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको २०७८/१०/२३ मा जारी आदेश अनुसार आजबाट मन्दिर खुला गरिएको कोषले स्पष्ट पारेको छ । तर एक पटकमा ५० जनाभन्दा धेरै भने मन्दिरमा प्रवेश गर्न पाउने छैनन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ ।
“आम दर्शनार्थी एवं भक्तजनहरुको गुनासोलाई समेत मध्यनजर राखी विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी पशुपतिनाथको मन्दिर भक्तजनहरुको दर्शनका लागि मिति २०७८/१०/२८ गते शुक्रवारका दिनदेखि खुला गरिने व्यहोरा सबैलाई जानकारी गराइएको छ,” सूचना जारी गर्दै कोषले भनेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस