प्रेरणा

जीवन मन्त्र: प्रश्न यसरी सोध्नुहोस् कि अरूको शंकाको पनि समाधान होस्

गौतम बुद्धको सत्संग चलिरहेको थियो । एक युवकले बुद्धलाई सोधे, 'ध्यान गर्न बस्दा मन लाग्दैन ।'

यो प्रश्न सत्संगमा बसेका अरुले पनि सुनेका थिए । बुद्धले आँखा खोलेर भने, 'फेरि भन ।'

युवकले फेरि उही कुरा भने, 'ध्यान गर्न मन लाग्दैन ।'

बुद्धले भने, 'अझै एकपटक भन ।'

युवकले फेरी शब्द दोहोर्यायो । बुद्धले भने, ‘अब म जवाफ दिन्छु । मनको अभावलाई ध्यान भनिन्छ । विचार मनको खाना हो, तब मनलाई खाना दिन बन्द गर । जब मन निष्क्रिय हुन्छ, ध्यान हुन्छ ।'

बुद्धले तीन पटक ठ्याक्कै यस्तै जवाफ दिए ।

त्यसपछि मानिसहरूले बुद्धलाई सोधे, 'हामी प्रायः देख्छौं कि जब कसैले तपाईंलाई प्रश्न सोध्छन्, तपाईंले त्यो प्रश्न तीन पटक सोध्नुहुन्छ । र त्यसपछि तीन पटक जवाफ दिनुहुन्छ । किन यस्तो ?'

बुद्धले भने, 'मेरो अनुभव याे छ कि धेरैजसो मानिसहरू साेध्नकाे लागि मात्रै प्रश्न गर्छन् । हाम्रो र आफ्नो समय बर्बाद गर्छन् । म प्रश्न तीन पटक सुन्छु ताकि अर्को व्यक्तिको गम्भीरता थाहा हाेस् । सोध्नेले पनि आफ्नो प्रश्नप्रति सचेत हुनुपर्छ । म पनि तीन पटक जवाफ दिन्छु, ताकि अगाडिको व्यक्तिले मेरो कुरा राम्ररी बुझून् । तीन पटक दोहोर्याउँदा उत्तर ठिक जान्छ र मान्छेले राम्रोसँग बुझ्छन् ।'

पाठः यहाँ बुद्ध भन्न चाहन्छन् कि कसैलाई कुनै प्रश्न सोधेमा गम्भीर हुनुपर्छ । कसैलाई जाँच्नको लागि मात्र प्रश्न नगर्नुहोस् । प्रश्न यस्तो हुनुपर्छ कि यसले तपाईं र अरूको शंका हटाओस् । यदि कसैलाई जवाफ दिनु छ भने यसरी दिनुहोस् कि अगाडिको मान्छेले राम्रोसँग बुझून् । यदि तपाईंले यसलाई बारम्बार दोहोर्याउनु पर्छ भने, दोहोर्याउनुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत