वातावरण

आज धेरै स्थानमा आंशिक बदली, थाेरैमा माैसम सफा, उच्च पहाड र हिमालमा हिमपात

काठमाडाैँ  । आज धेरै स्थानमा आंशिक बदली, थाेरैमा माैसम सफा, उच्च पहाड र हिमालमा हिमपातकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । उसका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत