राजनीति

माओवादी केन्द्रीय समिति बैठक स्थगित

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ २८-२९ मा बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको हाे ।

माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको जानकारी दिएका छन् । ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’

ढकालले कोभिड संक्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने बताएका छन् । माओवादीले यसअघि पनि कोभिडको कारण देखाउँदै बैठक पटक-पटक स्थगित गरेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत