शिक्षा

एसईईकाे परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) काे परीक्षा तालिका सार्वजनिक गरेको छ । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा (एसईई )घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हाे ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाख ९ देखि २०गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका छन् । तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने बोर्डले जनाएकाे छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ ।

११ वैशाखमा अनिवार्य गणित र १२ मा अनिवार्य नेपालीको परीक्षा हुनेछ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ । कोरोना महामारीका कारण अघिल्ला दुई वर्ष भने एसईई भएको थिएन ।

विद्यालयको आन्तरिक मूल्यांकनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत