अर्थतन्त्र

सुन ताेलामा ५ सयले बढ्याे, कति पुग्याे ताेलाकाे ?

काठमाडाैं । विहीबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । आज सुनको कारोबारमा ५०० रुपैयाँले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४०० र तेजाबी सुनको मूल्य ९२ हजार ९०० रुपैयाँ थियो ।

महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन त्यसयता तोलामा १४०० रुपैयाँले बढेको छ । सोमबार १००, मंगलबार ५००, बुधबार ३०० र आज ५०० ले बढेको हो ।

आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत