शिक्षा

सिनर्जी करियर कन्सल्ट्यान्सको स्टडी अब्रड सर्भिसेज उद्घाटन

काठमाडौं । शैक्षिक परामर्श संस्था सिनर्जी करियर कन्सल्ट्यान्सले स्थापनाको १३औँ वार्षिकोत्सव मनाएको छ ।

भारत अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शैक्षिक परामर्श प्रदान गर्दै आएको कन्सल्ट्यान्सले सरस्वती पूजाको अवसर पारेर स्टडी अब्रड सर्भिसेजको समेत उद्घाटन गरेकाे छ । 

अब्रड सर्भिसेज मार्फत विद्यार्थी र अभिभावकलाई भारतका विश्वविद्यालय, पढाइकाे गुणस्तर तथा काेर्षकाे बारेमा परामर्श गरिने सिनर्जी करियर कन्सल्ट्यान्सका चेयरम्यान प्रशान्त शाहले जानकारी दिए ।

भारतका चर्चित विश्वविद्यालय, कलेज र इन्स्टिच्युटहरूमा पूर्ण तथा आंशिक छात्रवृत्ति र सेल्फ पेइङमा विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहेका शाह राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाको केन्द्रीय सचिव समेत हुन् ।

त्यस्तै स्टडी अब्रड काउन्सिलिङमा १२ वर्षको अनुभव भएको मोहम्मद अफ्ताब अहमदको उपस्थितमा संस्थाबाट विद्यार्थीहरूले युयसए, युके, अष्ट्रेलिया, न्यूजल्याण्ड, क्यानाडा लगायत युरोपियन मुलुकका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युटहरूका बारेमा गुणस्तरीय शैक्षिक परामर्श प्राप्त गर्न सकिने शाहले बताए ।

कार्यक्रममा शुभकामना ब्यक्त गर्दै राष्ट्रिय शैक्षिक परामर्श संघ नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका नेपाल प्रतिनिधि, शैक्षिक परामर्श व्यवसायी, विद्यार्थी तथा अभिभावकहरूकाे उपस्थित रहेको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत