गाउँ सहर

विवाहमा गएका १६ वर्षीय बालक मृत अवस्थामा फेला

काठमाडाैं । एक बालक मृत अवस्थामा फेला परेका छन् । डाेटीकाे जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका हुन् । विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानुनाथ मृतावस्थामा फेला परेको प्रहरीले जानकारी दिएकाे छ । 

माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिएका छन् ।

बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध पारेका छन् । उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयवासी कमलबहादुर डाँगीले जानकारी दिएका छन् । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका दर्जनौँ यातायातका साधन गोगनपानीमा जाममा परेकाे उनले बताएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत