खेल

'ए' डिभिजन लिग फुटबलमा च्यासलविरुद्ध पुलिस क्लबकाे जित

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई २-१ गोल अन्तरले जितेकाे छ । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिसलाई जित दिलाउन रबि शंकर पासवानले दुई गोल गरे । च्यासलका लागि मौसा अबागानाले एक गोल फर्काए ।

यस जितसँगै पुलिसले ९ खेलमा १० अंक जोडेको छ । पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ । 

च्यासल ९ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ । खेलमा पुलिसका दुई गोलकर्ता रबि प्लेयर अफ दि म्याच चुनिए ।

च्यासलका आशिष राई इमर्जिङ प्लेयर चुनिए ।

लिगमा अब दशौैं चरणका खेल शुक्रबारबाट हुँदै छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत