स्वास्थ्य

निकाे हुनेकाे संख्या बढेपनि थप २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

काठमाडाैं । मुलुकभर काेराेना संक्रमितकाे संख्या घट्दै गएपनि मृतकाे संख्या भने घटेकाे छैन । 

पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११६०३ पिसिआर परीक्षणबाट १८५१ जना र ४७५३ एन्टिजेन परीक्षणबाट ५५० जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै बितेको २४ घण्टामा कोरोनाबाट १४ जनाले ज्यान गुमाएका छन् ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमित ३० हजार २४१ जना रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत