गाउँ सहर

धोबिचौरस्थित सडकबाट धातुको मुर्तिसहित एक जना पक्राउ

काठमाडाैं । प्रहरीले एक थान पहेँलो रंगको धातुको मुर्तिसहित एक जनालाई पक्राउ गरेकाे छ । काठमाडौं महानगरपलिका १७ धोबिचौरस्थित सडकबाट एक थान पहेँलो रंगको धातुको मुर्तिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ८ घर भएका १७ वर्षीय किशोर रहेका छन् । उनलाई हिजाे राति पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ । पक्राउ परेका किशोरको साथबाट प्रहरीले नगद एक लाख ४ हजार ७ सय ४० रुपैयाँ बरामद गरेको जनाएकाे छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उनको साथबाट उक्त मूर्ति र नगद फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत