गाउँ सहर

फागुन १ गतेबाट पशुपति मन्दिर खुल्ने

काठमाडाैं । फागुन १ गतेदेखि पशुपतिनाथको मन्दिर खुला हुने भएकाे छ । पशुपति क्षेत्र विकास कोषले आउँदो फागुन १ गतेदेखि पशुपतिनाथ मन्दिर खुलाउने तयारी गरेको हाे ।

काेभिड संक्रमणदर घट्दै गएकाले मूल मन्दिरसहित अरू मन्दिरहरू भक्तजनलाई पूजाआजाका लागि खुला गरिने कोषले जानकारी दिएकाे छ ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले फागुन १ देखि मन्दिर खुलाउने तयारी गरिएको जानकारी दिएका छन् ।

अधिकारीले भने ‘‘नेपाल सरकारकै आदेशबमोजिम मन्दिर बन्द गरिएको थियो । फागुन १ गतेबाट विद्यालय, होटेल, रेस्टुराँहरू खुल्दै छन् । सोही क्रममा सरकारकै आदेशबमोजिम मन्दिर पनि खुला हुन्छ,”।

शिवरात्रि पर्व नजिकिएकाले त्यसको तयारी पनि सुरु गरिने कोषले जनाएको छ ।

काेभिड संक्रमण तीव्र गतिमा बढेसँगै गत माघ ५ गते पशुपतिनाथ, गुह्वेश्वरी, चन्द्रविनायक लगायत मन्दिरमा नित्य पूजा मात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत