समाज

स्रोत नखुलेको ७० लाख सहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु बाईपासबाट झण्डै ७० लाख रूपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

मंगलबार स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । 

 नुवाकोट ककनी गाउँपालिका-३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत