गाउँ सहर

भन्सार एजेन्टको लिखित परीक्षाकाे मिति सार्वजनिक

काठमाडौं । भन्सार एजेन्टको लिखित परीक्षा आउँदो फागुन २८ गते हुने भएको छ ।

कोभिड–१९ का कारण यसअघि स्थगित परीक्षा सञ्चालन गर्न लागिएको भन्सार विभागले जनाएको छ । परीक्षा केन्द्र पछि प्रकाशन गरिने विभागले जानकारी दिएको छ ।

विज्ञापनकाे झन्डै एक वर्षमा भन्सार एजेन्डकाे परीक्षा हुने भएकाे छ । भन्सार विभागले गत १६ चैतमा ६ सय ६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेकाे थियाे । तर, २९  माघका लागि तय भएकाे परीक्षा काेराेना महामारीका कारण स्थतित भएकाेमा भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर नयाँ मिति तय गरेकाे हाे । 

भन्सार एजेन्टमा २२ वर्षपछि भर्ना खुलेकाे थियाे ।  पुराना भन्सार एजेन्टले आफ्नो एकाधिकार कायम राख्न र नयाँ एजेन्टसँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि परीक्षा रोक्न अदालतमा मुद्दा दायर गरेपछि लामाे समयसम्म प्रक्रिया अगाडि बढ्न सकेकाे थिएन । अदालतले ऐनमा व्यवस्था गरेर मात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत