स्वास्थ्य

उपत्यकामा ४ सय ५१ जना कोरोना संक्रमित थपिए

काठमाडाैं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामाथप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ३३८, भक्तपुरमा ४३ र ललितपुरमा ७० जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ भने ११ जनाकाे मृत्यु भएकाे छ ।

आज ५ हजार १०३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३६ हजार १८१ जना सक्रिय संक्रमित रहेका छन् ।

गएकाे चौबीस घन्टामा ८ हजार ५८७ पीसीआर तथा ४ हजार १०५ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत