स्वास्थ्य

मृत्यु हुनेकाे संख्या बढ्याे, संक्रमित घटे

काठमाडाैं । पछिल्ला दिनहरूमा काेराेना संक्रमित हुनेहरूकाे संख्या घट्दै गएपनि मृत्यु हुनेहरू भने बढेकाे छ । 

मंगलबार देशभर एक हजार ९५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । १२ हजार ६९२ वटा नमुनामा परीक्षण गर्दा १,९५७ नमुनामा संक्रमण पुष्टि भएको हो ।

आज पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ पुगेको छ ।

आज ११ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत