राजनीति

संसदको सम्भावित कार्यसूचीमा एमसिसी राखिएन

काठमाडौं । भोलि बस्न लागेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको कार्यसूची अमेरिकी सहायता परियोजना एमसीसी भने राखिएको छैन् ।

भोलिको बैठकमा एमसीसी पेस हुन सक्ने ठानिएका बेला संसद सचिवालयले जारी गरेको कार्यसूचीमा भने थारु आयोगको वार्षिक प्रतिवेदन पेस हुने र शोक प्रस्ताव पारित गर्ने मात्रै छ।

सत्तारुढ गठबन्धन भित्रै एमसीसीबारे एकमत छैन् । कांग्रेस एमसीसी पारित गर्न चाहान्छ भने माओवादी र एकीकृत समाजवादी लगायत एमसीसी अलिहेकै अवस्थामा अगाडि बढाउन नहुने पक्षमा छन् ।

सत्तारूढ नेकपा माओवादी केन्द्रले संसद बैठक केही दिन सार्न प्रयास गरिरहेका बेला सभामुख सापकोटाले कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत