फर्निचरकाे ढाेका फुटाई चाेरि गरेकाे आरोपमा युवक पक्राउ
- गाउँ सहर संवाददाता
- २५ माघ मंगलबार, २०७८ | १५:४६:०० मा प्रकाशित
काठमाडाैं । प्रहरीले चोरी गरी फरार रहेका एक जनालाइ पक्राउ गरेकाे छ । बुढानीलकण्ठबाट चोरी गरी फरार रहेका एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा उदयपुर डुम्रे घर भई हाल जिल्ला काठमाण्डौ बुढानीलकण्ठ नगरपालीका वडा नं ८ भंगाल डेरा गरी बस्ने बर्ष २१ को नितेस मगर रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
रातीको समयमा बुढानीलकण्ठ नगरपालिका वडा नं ८ भङ्गालस्थित हरि पराजुलीको खाली जग्गा भाडा लिई दोलखा जिरी नगरपालिका वडा नं ८ घर भई बम बहादुर तामाङले सञ्चालन गर्दै आएको डि.बि.फर्निचरको ढोका फुटाई चाेरि गरेको आरोपमा प्रहरीले उनलाइ पक्राउ गरेकाे हाे ।
महानगरीय प्रहरी प्रभाग,बुढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले आइतबार बुढानीलकण्ठ नगरपालीका वडा नं ८ स्थित स्पेसल चोकमा लुकिछिपी हिडिरहेको अवस्थामा फेला पारी उनलाई नियन्त्रणमा लिएकाे छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस