अर्थतन्त्र

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे सबै सूचक सकारात्मक

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सकाे सबै सूचकहरू सकारात्मक देखिएकाे छ । 

इन्स्याेरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा एक अर्ब ९२ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

जुन गत आवको यसै अवधिको तुलनामा ४६.२३ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमाससम्मको अवधिमा इन्स्योरेन्सले एक अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीको खुद नाफामा भने सामान्य सुधार आएको छ । दोस्रो त्रैमाससम्मको अवधिमा रिलायबलले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट २० करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै, इन्स्योरेन्सले बीमालेख धितोमा ९ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरी २० करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले अभिकर्ताका लागि २८ करोड ९३ लाख रुपैयाँ खर्चेको छ ।

सात हजार एक सय बीमा दावीवापत ५८ करोड ४८ लाख १५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा एक अर्ब ६० लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको बीमा कोषको आकार ८९.२९ प्रतिशतले बढेर तीन अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा एक अर्ब ९० करोड रुपैयाँ सञ्चित थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७९ पैसा र प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ८५ पैसा रहेको छ ।

रिलायबलले प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारी गरिरहेकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत