सिके राउतकाे जनमत पार्टीले स्थानीय निर्वाचनका लागि उम्मेदवार माग्याे
- गाउँ सहर संवाददाता
- २५ माघ मंगलबार, २०७८ | १४:१८:०० मा प्रकाशित
काठमाडाैं । जनमत पार्टीले स्थानीय तहको उम्मेदवारका लागि स्वघाेषणासहित योग्य र मापदण्ड पुगेकाहरुको नाम सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाउन सूचना जारी गरेकाे छ ।
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेसँगै जनमत पार्टीले निर्वाचनको तयारी थालेको हाे ।
जनमत पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले मंगलबार एक सूचना जारी गर्दै योग्य र मापदण्ड पूरा गरेका उम्मेदवारहरुको सिफारिस गर्न भनेका छन् । सिफारिस भएर आएको नाम अन्तिम नहुने राउतले जनाएका छन् । उनले कार्यकारिणी समितिले विभिन्न च्यानलबाट आएका सबै सिफारिसहरूलाई मूल्याङ्कन गरेर टुङ्गो लगाउने जनाएका छन् ।
‘नेपाल सरकारबाट मिति २०७९ वैशाख ३० गते स्थानीय निर्वाचनको घोषणा गरिएको हुनाले जनमत पार्टीको तर्फबाट उम्मेदवार हुन योग्य तथा मापदण्ड पुगेकाहरूको नाम सिफारिस गरी केन्द्रीय सचिवालयमा पठाउन हुन अनुरोध छ’, राउतले भनेका छन् ।
राउतले कवरेज/मजबुत अभियानका पर्यवेक्षकले सिफारिस पठाउन, जिल्ला कार्यकारिणी समितिलाई सिफारिस पठाउन फागुन ५ गतेसम्मको समय दिएका छन् ।
त्यस्तै वडारपालिका कार्यकारिणी समितिलाई सिफारिस गरेर फागुन १५ गतेभित्र पठाउन भनिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि दलहरु आ–आफ्नो तयारीमा लागेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
- माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
प्रतिकृया दिनुहोस