गाउँ सहर

दूग्ध विकास संस्थानमा दरखास्त आह्वान

काठमाडाैं । दूग्ध विकास संस्थानमा दरखास्त आह्वान गरिएकाे छ ।  सरकारले दूग्ध विकास संस्थानको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट छनोट गर्ने भएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हाे ।

३० वर्ष उमेर पुगेर ६० वर्ष ननाघेका कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतमा कम्तिमा १० वर्षको कार्यअनुभव भएका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

शैक्षिक योग्यताको हकमा सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका अनुसार भनिएको छ ।

उम्मेदवारले व्यवसायिक कार्ययोजना पेश गर्नुपर्नेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत