गाउँ सहर

निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडाैं । नेपाल प्रहरीले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि सुरक्षा रणनीतिको गृहकार्य सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षा रणनीतिका लागि आवश्यक गृहकार्य सुरु गरेको हो ।

प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । समितिले आवश्यक कामहरू सुरु गरेको डीआईजी धानुकले जानकारी दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने बताएकाे छ । साेही अनुसार कार्यालयले एक लाखकै हाराहारीमा म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव अघि बढाउने तयारी गरेको छ ।

०७४ सालको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको भर्ना लिइएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत