गाउँ सहर

राजश्व छली गर्ने चार जना विरुद्ध मुद्दा दायर

काठमाडाैं । राजश्व छलीको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरिएकाे छ । राजश्व अनुसन्धान विभागको इटहरी कार्यालयले राजश्व छलीको आरोपमा चार जना विरुद्ध मुद्दा दायर गरेको हाे । कार्यालयले सूर्य मेटल इण्डष्ट्रिजका अध्यक्षसहित चार जना विरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको जानकारी दिएकाे छ ।

सूर्य मेटल इण्डष्ट्रिज प्रालि धरानका अध्यक्ष सुनसरीको धरान उपमहानगरपालिका वडा नं १० बस्ने वर्ष ६७ का उत्तम कुमार ताम्राकार, ऐ प्रालिका सञ्चालक सोहि उपमहानगरपालिका वडा नं २ बस्ने वर्ष ७३ का चन्द्रेशवरी ताम्राकार, वडा नं ५ बस्ने वर्ष ४३ का अनुप ताम्राकार र ईटहरी उपमहानगरपालिका वडा नं ६ बस्ने वर्ष ६६ का निर्मल कुमार ताम्राकार विरुद्द मुद्दा दायर गरिएको हो ।

कार्यालयले चार जना विरुद्ध १२ करोड १९ लाख ४० हजार ६४३ रुपैयाँ विगोसहित २४ करोड ३८ लाख ८१ हजार २८६ रुपैयाँ सजायको माग दाबी गरि मुद्दा दायर गरेको छ । उनीहरुले विना विल वीजकरगैह्र कर वीजकबाट मालवस्तुहरुको कारोबार गरी प्रचलित मुल्य अभिबृद्धि कर ऐन तथा आयकर ऐन, नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको राजश्व अनुसन्धान कार्यालयको आरोप छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत