गाउँ सहर

तास खेलिरहेकाे अवस्थामा पाँच जना पक्राउ

काठमाडाैं । प्रहरीले तास खेलिरहेकाे अवस्थामा पाँच जनालाइ पक्राउ गरेकाे छ । गोकर्णेश्वर नगरपालिका ७ शिबचोकस्थित कृति बहादुर ब्लोनको जाम्बोलिङ खाजा घरमा तास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने ४५ वर्षीय राम तिवारी लगायत पाँच जनालाई हिजाे दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

खाजा घरमा तास खेलाई रहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ हजार ५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ प्रहरीले जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत