गाउँ सहर

उपत्यकामा एकैदिन १२६५ जना सवारी चालक कारवाहीमा

काठमाडाैं । ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले एकैदिन उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार २६५ जना सवारी चालकलाई कारवाही गरेको हाे ।  हिजाे काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना चालक रहेकाे प्रहरीले जनाएकाे छ ।

ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र मदिरा पिएर सवारी साधन चलाउने ४५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत