गाउँ सहर

ट्रक दुर्घटनामा चालककाे मृत्यु

काठमाडाैं । ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा गोरखा नगरपालिका ४ का २२ वर्षीय ट्रक चालक मिलन मग्राती रहेको प्रहरीले जानकारी दिएकाे छ । 

प्रहरीका अनुसार सोमबार बिहान ७ बजे प्रदेश २–०३००१ ख ४३० नम्बरको ट्रक खाँदबारी ९ सभाखोला नजिकै भएको हो । तुम्लिङटारबाट वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटना हुँदा चालक मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । 

ट्रक मकालु गाउँपालिका ५ को नुममा सिमेन्ट पु‍र्‍याएर सोमबार बिहान वीरगञ्ज फर्कँदै गर्दा सभाखोला नजिँकैको घुम्तीमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीकाे भनाइ रहेकाे छ । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत