एमसीसीविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक (विज्ञप्तिसहित)
- गाउँ सहर संवाददाता
- २४ माघ सोमबार, २०७८ | ११:२४:०० मा प्रकाशित
काठमाडाैं । एमसीसीविरुद्ध मंगलबार देशैभर संयुक्त कोणसभा गरिने भएकाे छ । अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध मंगलबार ६ कम्युनिस्ट पार्टीले देशैभर संयुक्त कोणसभा गर्ने भएकाे हाे ।
एमसीसी सम्झौताविरुद्ध ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाको आइतबार विप्लन नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले माघ २५ गते देशैभर कोणसभा गर्ने निर्णय गरेको थियाे ।
प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधिनताको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै ६ कम्युनिस्ट पार्टीले एमसीसीविरुद्ध सशक्त आन्दोलनका लागि अपिल गरेको छ ।
ती दलहरुले एमसीसीविरुद्ध माघ २५ गते देशैभर कोणसभा र माघ २६ गते काठमाडौंको संसदभवन अगाडि प्रदर्शन तथा देशैभर संयुक्त विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेका छन् ।
६ कम्युनिस्ट पार्टीहरु विप्लव नेतृत्वको नेकपा, मोनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजीत बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी तथा मसाल र क्रान्तिकारी माओवादीका दुई मोर्चाले संयुक्त आन्दोलन गर्दै आएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन
- संकल्पकाे भारी : पाँचदलीय गठबन्धनले ल्यायाे यस्ताे साझा संकल्प (पूर्णपाठसहित)
- सुस्ताएकाे शेयरबजारमा ३ अर्ब ६३ करोडकाे काराेबार
- प्रधानमन्त्रीसँग सांसदहरूको सवाल-जवाफ (लाइभ)
- फेरिए ११ जिल्लाका सीडीओ, अध्यागमन विभागको महानिर्देशकमा निरौला
- शिक्षकहरुको अन्तरजिल्ला सरुवा रोकियाे
- निसीखोला बस दुर्घटना अपडेट : मृतकको संख्या ९ पुग्यो, २८ जना घाइते
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रतिकृया दिनुहोस